भर्ती प्रक्रिया

भर्ती प्रक्रिया
Hiring Process Image

१. रोजगारदाता द्वारा सम्पर्क गरिने

रोजगारदाताले भर्ति प्रक्रियाको प्रारम्भिक चरणमा हाम्रो टोलीलाई सम्पर्क गर्नेछ। रोजगारदाताले कामको विवरण संलग्न गरि इमेल पठाउनेछ । कामदारको संख्या सुनिश्चित गरिनेछ। तलब संरचना, खाना, आवास, र अन्य भत्ताहरू समेत सुचीकृत गरिनेछ। इमेलमा शर्त सम्बन्धि कागजातहरू समेत संलग्न हुनेछ। रोजगारदाताले हवाई टिकट र काम सुरु हुने अनुमानित मिति सम्बन्धी विवरणहरू समेतको टिपोट बनाउनेछ।

२. अन्तर्वार्ता

छोटो सूचीमा परेका उम्मेदवारहरू रोजगारदाता वा भर्ती अधिकारीको अन्तर्वार्ता प्रक्रियामा जानेछन्। अन्तर्वार्ता पछि सर्ट लिस्ट गरिएका उम्मेदवारहरूको व्यापारिक परिक्षा आवश्यक भएको अवस्थामा जागिरको अन्तर्वार्ताको लागि प्रक्रिया चल्नेछन् । हामीले रोजगारदाताको निर्देशन अनुसार व्यापारिक परिक्षाको व्यवस्था गर्नेछौं।

३. कर्मचारी आवश्यकता रहेको घोषणा

त्यस पश्चात रोजगारदातालाई आवश्यक भए अनुसारको कामको लागि हामी कर्मचारी आवश्यकताको सूचना प्रकाशित गर्नेछौं । यो कदम चाल्नको लागि वैदेशिक रोजगार विभाग बा6 प्राप्त भएको पुर्व स्वीकृति लिएको हुनु पर्दछ। कर्मचारी आवश्यकता सम्बन्धि सूचना पत्रपत्रिका, रेडियो, टिभी, एस.एम.एस., तथा सामाजिक संजाल मार्फत प्रकाशित गरिनेछ। इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन।

४. स्वास्थ्य परिक्षण

त्यस पश्चात छनोट भएका उम्मेदवारहरूले स्वास्थ्य परिक्षण पार गर्नु पर्ने हुन्छ। हामी नेपाल सरकारद्वारा अधिकारप्राप्त क्लिनिकहरूबाट छानिएका उम्मेदवारहरूको कडा स्वास्थ्य परिक्षण गर्दछौं। परीक्षण पश्चात, उम्मेदवारहरूको खोप लगाउने प्रक्रियामा सुरु हुन्छ। यी निवारक उपायहरूले भर्ती गरिएका कर्मचारीहरू तथा रोजगारदाता प्रति सुरक्षाको सुनिश्चितता प्रदान गर्दछ।

५. रोजगारदाताद्वारा गरिएको समीक्षा

इच्छुक उम्मेदवारहरूबाट आवेदन प्राप्त भए पश्चात हामी उनीहरुको शैक्षिक अभिलेख एवं कार्य अनुभव सम्बन्धि कागजात (CV) र अन्य सान्दर्भिक कागजातहरू मूल्याङ्कनका लागि रोजगारदातालाई प्रदान गर्नेछौं। रोजगारदाताले उम्मेदवारहरूलाई उनीहरूको शैक्षिक अभिलेख एवं कार्य अनुभव सम्बन्धि कागजात (CV) को आधारमा अन्तर्वार्ताको लागि सर्ट लिस्ट गर्नेछ।

६. आज्ञापत्र (भिसा) को प्रक्रिया

कामदारहरूले काम गर्ने देशमा प्रवेश गर्न तथा बस्नको लागि भिसा लिनुपर्छ। दूतावासबाट भिसा प्राप्त गरेपछि, उम्मेदवारहरूले अभिमुखीकरण कक्षाहरू लिनुपर्छ। उक्त कक्षामा उम्मेदवारहरूले कामको जिम्मेवारी तथा काम गर्ने वातावरणको बारेमा शिक्षा पाउनेछन्। उनीहरूले देशको भाषा, संस्कृति र श्रम कानून र रोजगारीका सम्बन्धि केहि ज्ञान प्राप्त गर्नेछन्। अभिमुखीकरण पछि, बैदेशिक रोजगार विभाग मा अन्तिम स्वीकृति प्रक्रिया सुरु हुनेछ।

७. उमेदवारको यात्रा सम्झौता

वैदेशिक रोजगार विभाग बाट अन्तिम स्वीकृति प्राप्त भएसंगै रोजगारदाताले श्रमिकहरुको लागी यात्रा को व्यवस्था मिलाउनेछन् । सहजताको लागि, छनोट भएका श्रमिकहरुलाई विदेश पठाउने कार्य गरिरहेका विश्वसनीय ट्राभल एजेन्सीहरू समितिहरुको सम्पर्कमा रहेका छन् ।

८. प्रस्थान

अन्तिममा हाम्रा उम्मेदवारहरु नेपालबाट कामको लागि सम्बन्धित देशतर्फ प्रस्थान गर्नेछन्|

गुनासो को मामला मा

यदि तपाईंलाई भर्ती प्रक्रिया देखि रोजगार अवधि सम्म कुनै गुनासो वा प्रतिक्रिया छ भने कृपया हामीलाई निम्न उल्लेखित फोन नम्बर वा इमेल मार्फत सम्पर्क गर्नुहोस्। तपाईले हामीलाई हाम्रो आधिकारिक फेसबुक पेजमा सन्देश पठाउन सक्नुहुन्छ। तपाईंले प्रदान गर्नुभएको जानकारी गोप्य राखिनेछ।

गुनासो बारे थप