हाम्रो नीति

व्यवसायिक सामाजिक उत्तरदायित्व को नीति

व्यवसायिक सामाजिक उत्तरदायित्व एक नैतिक रुपरेखा हो जसले कुनै संस्था वा व्यक्ति लाई  समाजको हित् हुने कार्य गर्न प्रति आफ्नो दायित्व रहेको महसुस गराउँदछ । व्यवसायिक दृष्टिकोणले हेर्नु पर्दा, यसलाई कम्पनीका कर्मचारी र तिनका परिवारका साथै स्थानीय समुदाय, वातावरण र समग्र समाजको जीवनस्तरमा सुधार गर्दै आर्थिक विकासमा योगदान पुर्याउने तथा नैतिक ढंगले व्यवहार गर्ने निरन्तर प्रतिबद्धताको रूपमा परिभाषित गर्न सकिन्छ।<br>

वाई के  म्यानपावर एजेन्सीले दिगो विकासको लागि एक रणनीतिक संयन्त्रको रूपमा व्यवसायिक सामाजिक उत्तरदायित्व (यसपछि "CSR" भनिन्छ) लाई अपनाएको छ। वाई के म्यानपावरले बोकेको अवधारणा अनुसार व्यवसायिक  सामाजिक उत्तरदायित्व को नीति र सो का गतिविधिहरूले हाम्रो संसारलाई राम्रो स्थान बनाउनको निम्ति सामाजिक रूपमा उत्पादनशील गतिविधिहरूलाई प्रवर्दन गर्ने प्रतिबद्धतालाई दर्शाउंछ।
व्यवसायिक  सामाजिक उत्तरदायित्व  (CSR) को उद्देश्य
वाई के म्यानपावर एजेन्सीमा हामी समाजलाई प्रतिफल दिने र सामाजिक रूपमा जिम्मेवार व्यवसायिक नागरिकको रूपमा आफ्नो भूमिका निर्वाह गर्नमा सामाजिक-आर्थिक र वातावरणीय सुधारको कार्य मार्फत समावेशी वृद्धिमा टेवा पुर्याउने कार्य प्रति प्रतिबद्ध रहेका छौं।
व्यवसायिक सामाजिक उत्तरदायित्वको पालना
हाम्रो कम्पनीको अभिलाषा: 
• वैधानिकता 
• कानूनको सम्मान 
• यसको आन्तरिक नीतिहरूको सम्मान 
• यसका सबै व्यवसाय सञ्चालन वैध छन् भन्ने कुराको सुनिश्चितता 
 • हरेक साझेदारी तथा सहकार्यको पारदर्शिता
 

सामाजिक उत्तरदायित्व अन्तर्गतको व्यवसायिक नैतिकता 
हामी सधैं इमानदारी तथा मानव अधिकार प्रतिको सम्मानका साथ व्यवसाय सञ्चालन गर्दछौं। हामी निम्न विषयको प्रचार गर्दछौं :
• सुरक्षा र निष्पक्ष व्यवहार
• प्रत्येक ग्राहक र प्रयोगकर्ता प्रति सम्मान
• घूसखोरी तथा भ्रष्टाचार विरोधी अभ्यासहरू


 

गुनासो को मामला मा

यदि तपाईंलाई भर्ती प्रक्रिया देखि रोजगार अवधि सम्म कुनै गुनासो वा प्रतिक्रिया छ भने कृपया हामीलाई निम्न उल्लेखित फोन नम्बर वा इमेल मार्फत सम्पर्क गर्नुहोस्। तपाईले हामीलाई हाम्रो आधिकारिक फेसबुक पेजमा सन्देश पठाउन सक्नुहुन्छ। तपाईंले प्रदान गर्नुभएको जानकारी गोप्य राखिनेछ।

गुनासो बारे थप