लक्ष्य र दर्शन

हाम्रो लक्ष्य र दर्शन

हाम्रो लक्ष्य

वाई के  म्यानपावरले उच्च स्तरमा कार्यसम्पादन र गुणस्तर सुनिश्चित गर्न आफ्नो कार्यदलको विस्तार निरन्तर रुपमा गर्दछ।
हामी गुणस्तर कायम गर्नुमा तत्पर रही हाम्रा ग्राहकहरूलाई उनीहरूको सफलतामा साझेदारको रूपमा मूल्य अभिवृद्दी गर्ने वाचा गर्छौं। हाम्रा ग्राहकहरू हाम्रो लक्ष्य लागि प्रमुख छन्। हाम्रा ग्राहक हाम्रो लक्ष्यको लागि प्रमुख पात्रको रुपमा रहेका छन।

हामी उत्कृष्ट व्यवसायहरूलाई उत्कृष्ट कामदारहरूसँग जोडी बाहिरी ठेक्का को पेशा (outsourced profession) र मानव संसाधन सेवाहरूको उच्चतम गुणस्तर कायम राखी  दुबैका लागि अवसरहरू प्रदान गर्नप्रति कटिबद्ध रहेका छौं। हाम्रा ग्राहकहरुलाई उनीहरु दक्क्ष रहेको कार्यमा ध्यान दिई उनीहरुलाई सफलता हात पार्न सहयोग गर्दछौं ।
हाम्रो ग्राहक बर्गले दक्ष कार्यदल प्राप्त गरि उनीहरुको संस्थालाइ हरेक कोण बाट सन्तुष्टिको आभाष होस् भन्ने उद्येश्य हामीले हाम्रो ग्राहक वर्गलाई विश्व्यापी रुपमा प्रतिस्पर्धी जनशक्ति प्रदान गर्नको निम्ति  हाम्रो विज्ञहरूको समूह दृढ रूपमा समर्पित रहेको छ । हामी ग्राहक वर्गलाई आवश्यक जनशक्ति को बारे बुझ्न तथा आवश्यकता अनुसारको उपयुक्त उमेद्वार चयन गर्नको निम्ति  ग्राहक वर्ग संग तालमेल राखी कार्य गर्ने गर्छौं ।

हाम्रो दर्शन

हामी निरन्तर रोजगारी र मानव संसाधन सेवाहरूको लागि रुचाइएको स्रोतलाई अंगाल्न प्रयासरत रहन्छौं। हामी हाम्रा ग्राहकहरू र समाजलाई सेवा, ज्ञान, व्यावसायिकता, सत्यता र निष्ठाको उच्चतम स्तरको साथ सहयोग गर्न प्रति समर्पित छौं।
 हाम्रो उद्देश्य हाम्रो सेवाको क्षेत्र र गुणस्तरको आधारमा रोजगारदाताले रुचाउने भर्ती एजेन्सी बन्नु हो। हाम्रो चाहना उम्मेदवारहरुको लागि रोजगारीको खोजि गरिदिने एक उत्तम मध्यम बन्नु हो । हामी ग्राहकको सन्तुष्टितर्फ प्रतिबद्ध रहन तर्फ समर्पित छौं। हामी कामदार भर्ती गर्ने क्षेत्रमा प्रमुख  व्यवसायिक कम्पनी को रुप मा रही हाम्रो प्रतिष्ठा कायम राख्न प्रयासरत गर्छौं। 
• हामी सत्यता र आत्मविश्वासका साथसाथै व्यक्तिगत र व्यावसायिक मुल्यमान्यताको उच्च स्तरको रूपमा अखण्डतालाई अंकमाल तथा समर्थन गर्छौं।
• सबैलाई सम्मान, शिष्ट र सभ्य व्यवहार गर्नु भनेको हामीले धार्मिक रूपमा अनुसरण गर्ने विषय हो।
• एकअर्कासँग सहकार्यमा काम गर्नु हाम्रो कम्पनीको अर्को सिद्धान्तको रुपमा रहेको छ। एक टोलीको रूपमा, हामी जनशक्ति भर्तीको क्षेत्रमा हामीले सुधार गरेका, बुझेका, र पत्ता लगाएका नयाँ खोज हरुको ज्ञान बाँड्ने गर्दछौं।
हामी संग आबद्द रहेका हाम्रो व्यवसाय तथा सेवा लाइ अगाडी बढाउने व्यक्तिहरु (कर्मचारी, उम्मेद्वारहरू, र ग्राहकहरू) को आवश्यकताहरूको ख्याल रख्दछौं।
• हामी हाम्रा प्रतिबद्धताहरूको अन्तर्निहित अत्यावश्यकता र जवाफदेहिताको स्पष्ट सुझ बुझका साथ सहयोगीहरु र ग्राहकहरूप्रति को जिम्मेवारी पूरा गर्न पूर्ण यूप्मा तत्पर रहेका छौं।

हामी मानिसहरू र तिनीहरूको जीवनमा पेशागत क्षेत्रको ख्याल राख्दछौं। हामी व्यक्तिहरूलाई व्यक्तित्वको रूपमा सम्मान, विश्वाससहयोगका साथै उनीहरूलाई पेशा तथा  जीवनमा आफ्नो लक्ष्यहरू पूरा गर्न साथ दिन्छौं। हरेक व्यक्तिले पेशा को क्षेत्रमा अहिले के महत्त्वपूर्ण रहेको छ र के भइरहेको छ भनेर बुझ्न सकोस र कसरी प्रतिक्रिया दिनुपर्दछ भन्ने कुरा जानुन भन्ने हेतुले हामी हाम्रो ज्ञान, हाम्रो विशेषज्ञता, र हाम्रा स्रोतहरू साझा सबैमा बाँढछौँ । हामी पेशाको क्षेत्रमा मार्गदर्शक को रुप मा रहेका छौं । हामी नयाँ खोजी गर्ने, नयाँ कुराको सुरुवात गर्ने र विकास गर्ने गराउने साहस राख्दछौं। हामी हाम्रा ग्राहकहरूको लागि समाधान प्रदान गर्न कटिबद्ध छौं। हामी हाम्रा ग्राहकहरूले सामना गर्ने चुनौतीहरू पूरा गर्नु गराउनुको साथै समाधान समेत गरिदिन तत्पर रहेका छौं। तसर्थ, हाम्रा ग्राहक वर्गलाई कार्यको बदलिँदो क्षेत्रमा अग्रज बन्नको निम्ति सृजनात्मक पक्षमा अब्बल बनाउनु र कार्यबलको समाधान तथा सेवा प्रदान गर्नुनै हाम्रो उद्येश्य रहेको छ।

गुनासो को मामला मा

यदि तपाईंलाई भर्ती प्रक्रिया देखि रोजगार अवधि सम्म कुनै गुनासो वा प्रतिक्रिया छ भने कृपया हामीलाई निम्न उल्लेखित फोन नम्बर वा इमेल मार्फत सम्पर्क गर्नुहोस्। तपाईले हामीलाई हाम्रो आधिकारिक फेसबुक पेजमा सन्देश पठाउन सक्नुहुन्छ। तपाईंले प्रदान गर्नुभएको जानकारी गोप्य राखिनेछ।

गुनासो बारे थप