हाम्रो नीति

अनु पालना/गुनासो

स्पष्ट, पारदर्शी, छिटोछरितो, बलियो र गोप्य गुनासो निवारण प्रणालीले कार्यस्थलमा हुने विवादलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न मद्दत गर्न सक्छ र कार्यस्थलमा दिर्घकालिन सद्भाव निम्त्याउन सक्छ। काम गर्नका लागि केही उपयुक्त स्थानहरुमा प्रभावकारी कर्मचारी गुनासो निवारण संयन्त्रको विकाश गरिएको हुन्छ। अन्य कम्पनीहरुको लागि यो केवल समयको आवश्यकता हुन सक्छ।
वाई के म्यानपावर एजेन्सी संग सम्बन्धित सबै कामदारहरू, ग्राहकहरू, आपूर्ति कर्ताहरू, र सरोकारवालाहरूका लागि सकारात्मक र सहयोगी कार्य वातावरण प्रदान गर्न तत्पर रहेको छ र समस्याहरूलाई छिटोछरितो तथा प्रभावकारी ढंगले न्यूनतम स्तरमा पत्ता लगाउन सबै किसिमका कदमहरु चल्नेछ। सबै कर्मचारीहरूले निश्चित परिस्थितिहरूमा उजुरी गर्ने विचार गर्दा संगठनको गौरव तथा सम्मान नीति लाइ ध्यान मा राख्नेछन् भन्ने अपेक्षा राखिन्छ।

त्यसकारण, हामी हामीसँग आबद्ध रहंदा कुनै पनि विवाद/ झगडाको मध्यस्थता गर्न तथा गुनासो राख्न को निम्ति सबैको लागि पर्याप्त संयन्त्र प्रदान गर्दछौं। त्यस्ता गुनासोहरूलाई तुरुन्तै, कानुनसम्मत रूपमा तथा  संगठनको अन्य सम्बन्धित नीतिहरू पालना गरी समाधान गर्ने कुरा विश्वस्त गराउंदछौं।
हाम्रो गुनासो सम्बन्धि नीतिले कामदारहरूले कसरी आफ्ना गुनासोहरू व्यक्त गर्न सक्छन् भन्ने कुरा प्रष्ट्याउँदछ। पर्यवेक्षकहरू र वरिष्ठ व्यवस्थापकहरूले छिटो छरितो रुपमा समस्या समाधान गर्नको निम्ति कर्मचारी लाइ चिढाउने तथा उनीहरुको काम मा बाधा उत्पन्न गर्ने तत्वहरुको बारेमा पूर्ण ज्ञान राख्नु पर्दछ। कर्मचारीहरुले निष्पक्ष रुपले गुनासो राख्ने प्रक्रियाको पालना गर्नुको साथै सकभर विवाद निम्त्याउने खालका क्रियाकलाप गर्नु हुँदैन ।
कम्पनीले कर्मचारीहरूलाई उनीहरूको गुनासोहरू पोख्न प्रोत्साहित गर्दछ। यसरी हामी सबैका लागि सहयोगी र मैत्री कार्यस्थलको सुविधा दिन सक्दछौं।
कामदारहरू आफ्ना समस्याहरू समाधान गर्न एक अर्कासँग कुरा गर्न सक्दछन्। उक्त कुरा सम्भव नभएमा कर्मचारीहरूले कसरी गुनासो दर्ता गर्ने भन्ने बारे बुझिराख्नु पर्दछ:
•    १. सम्बन्धित व्यक्तिको पर्यवेक्षकसँग प्रत्यक्ष रूपमा अनौपचारिक कुराकानी गर्नुहोस। प्रबन्धकले समस्या समाधान गर्ने प्रयास गर्नेछ। कामदारहरूले आफ्नो पर्यवेक्षकको बारेमा गुनासो राख्न चाहेमा, उनीहरूले अन्तरिक रुपमा उक्त विषयमा छलफल गरी समाधान गर्ने प्रयास गर्नुपर्छ। त्यस अवस्थामा, उनीहरूलाई अनौपचारिक बैठकको बोलाउन सल्लाह दिइन्छ। पर्यवेक्षकहरूले कुनै पनि गुनासोलाई सकेसम्म चाँडो समाधान गर्ने प्रयास गर्नुपर्छ। यदि त्यस्तो गर्न उनीहरुले सकेनन् भने, उनीहरुले मानव संसाधन विभागमा (HR Department) पठाउनु पर्ने हुन्छ र अन्य सबै प्रक्रियाहरूमा सहयोग पुर्याउन पर्ने हुन्छ।
• २. यदि गुनासो पर्यवेक्षकको व्यवहारसँग सम्बन्धित अनुशासनात्मक कारबाही (जस्तै यौन उत्पीडन वा हिंसा) निम्त्याउन सक्ने प्रकृति को छ भने, कर्मचारीहरूले मानव संसाधन विभाग वा उच्च स्तरको पर्यवेक्षककोमा सिधै पठाउनु पर्दछ।
• ३. तल उल्लिखित प्रक्रिया अपनाउनु होस्:
•    मानव संसाधन विभाग (वा मानव संसाधन विभागको अनुपस्थितिमा कुनै उपयुक्त व्यक्ति) ले निम्न कार्यविधिको पालना गर्नुपर्नेछ:
•    यो प्रक्रिया गुनासो को प्रकृति अनुसार फरक हुन सक्छ। उदाहरणका लागि, यदि कुनै कामदार नैतिक भेदभाव गरेको कारणले दोषी देखिन्छ भने, कम्पनीले अनुसन्धानात्मक प्रक्रियाहरू अघि बढाउनेछ।

यहाँ आफ्नो विवरण भर्नुहोस्

• १. कर्मचारीलाई गुनासो फारम भर्न लगाउनुहोस्।
• २. कुरा राम्ररी बुझिएको छ भन्ने सुनिश्चित गर्न कर्मचारीसँग कुराकानी गर्नुहोस्।
• ३. आरोपको सामना गर्ने कर्मचारीलाई गुनासोको प्रतिलिपि प्रदान गर्नुहोस्।
• ४. मध्यस्थता प्रक्रियाको व्यवस्था मिलाउनुहोला (जस्तै औपचारिक बैठकको व्यवस्था गर्ने)।
• 5. मामिलाको छानबिन गर्नुहोस् वा आवश्यक पर्दा एक अन्वेषकको सहयोग लिनुहोस्।
• 6. चलिरहेको प्रक्रियाको स्थिति बारे कामदारहरूलाई थाहा दिनुहोस् ।
• ७. संलग्न सबै कर्मचारीहरूलाई औपचारिक निर्णयको जानकारी दिनुहोस्।
• 8. औपचारिक निर्णय संलग्न भएको सुनिश्चित गर्नुहोस्।
• 9. थप अनुसन्धान गरी तथा जानकारी संकलन गरि तथ्य बुझ्नुहोस्।
• 10. सटिक जानकारीको अभिलेख राख्नुहोस्।

गुनासो को मामला मा

यदि तपाईंलाई भर्ती प्रक्रिया देखि रोजगार अवधि सम्म कुनै गुनासो वा प्रतिक्रिया छ भने कृपया हामीलाई निम्न उल्लेखित फोन नम्बर वा इमेल मार्फत सम्पर्क गर्नुहोस्। तपाईले हामीलाई हाम्रो आधिकारिक फेसबुक पेजमा सन्देश पठाउन सक्नुहुन्छ। तपाईंले प्रदान गर्नुभएको जानकारी गोप्य राखिनेछ।

गुनासो बारे थप