सामुहिक मनोभाव

सामुहिक मनोभाव

सामुहिक मनोभाव जनशक्ति भर्ती, मानव संसाधन, र व्यापार प्रक्रिया अन्तर्गत बाहिरी ठेक्काको कार्यमा मद्दत पुर्याउने एक संसाधनको रुप मा रहेको छ। नेपालको मुटुमा अवस्थित, हामी विश्वभरका कम्पनी तथा मानिसहरूका लागि लाभदायक कार्य गर्ने गर्दछौं। हामी सफलता हासिल गरेका व्यापार संघहरूमा पहिलो परियोजनाहरू विस्तार गर्ने कार्यमा विज्ञता राख्दछौं । हाम्रो अवधारणा विश्वभरका उपभोक्ताहरूलाई उच्च परिणाम र फाइदाहरू प्रदान गर्नु हो।हामी हाम्रो निर्दोषता तथा गोपनीयता मार्फत सन्तुष्टि प्राप्त गर्दछौं । हामीले हाम्रा ग्राहकहरूलाई प्रदान गर्न सकिने सहायता सबैभन्दा उच्चतम रुपमा प्रदान गर्दैछौं भन्ने कुरा सुनिश्चित गर्न हाम्रो समुहले उच्च स्तरको कार्य सम्पादन गर्दछ ।समुहका सबै सदस्यहरु आफ्नो रोजगारीको क्षेत्रमा परिपक्व रहने विषयमा पूर्ण रुपले नियन्त्रित रहेका छन । समुहको मनोभाव भन्नाले व्यक्तिहरुलाई एकअर्का सँगको सहकार्यमा काम गर्न सहयोग पुर्याउने एक परिप्रेक्ष्य हो । यो मित्रता, आपसी सहयोग तथा संस्थाको विभिन्न सदस्यहरु बिचको सहकार्य तथा सबै सेवाहरु एकैठाउँमा प्रदान गर्ने विषयको रुपमा रहेको छ  । कर्मचारीहरुले छुट्टा छुट्टै पाटो बाट कार्य सम्पादन गर्न आवश्यक रहेको संस्थाहरुमा उनीहरुबीच अन्तरक्रिया गराउन सामुहिक मनोभावना आवश्यक पर्ने गर्दछ।
हामी एउटै ग्राहक-केन्द्रित संस्था हौं र हाम्रो समुहले हाम्रो "ग्राहक सन्तुष्टि" प्रदान गर्ने उद्देश्य बोकी कार्य गर्ने गर्दछ जसले गर्दा हाम्रा उपभोक्ताहरू र ग्राहकहरू अझै बढी सन्तुष्टि जनक कार्यको लागि पुन फर्कन्छन्।
हामी दृढताका साथ दीर्घकालीन पारस्परिक लाभदायक व्यापारको निम्ति सहकार्य गर्न तत्पर रहेका छौं । हामीले गर्न नसक्ने कार्य पुरा गर्ने बाचा हामी कहिलेपनि गर्दैनौं र हाम्रो कार्यसम्पादनको स्तर घटन समेत दिँदैनौं । सामुहिक मनोभावना सफल तथा कुशल समूहको निर्माण गर्न अत्यावश्यक तत्वको रुपमा रहन्छ । एक अर्कालाई उच्च स्तरको कार्यसम्पादन गर्नको निम्ति उत्प्रेरित गरी कुशल समुह बन्न को लागि कर्तव्य पालना तथा नेतृत्व गर्ने भूमिका एकदम अपरिहार्य रहेको हुन्छ ।
सामुहिक रुपमा कार्य गर्नको लागि सबैको समान योगदान हुनुपर्दछ किनकि सो बिना कसैलाई आफु मुल्य हीन भएको अनुभूति पनि हुन सक्दछ। 
एक उधारणको रुपमा भौतिक अभ्यास रहने सामुहिक खेलहरु पनि खेलाउन सकिन्छ किनभने अधिकतम कर्मचारीको दिनचर्या कम्प्युटरमा मात्र काम गरी बिताइरहेका हुन्छन ।
सामुहिक भावना अंगाल्ने हो भने त्यसले आफु अन्तर्गत काम गर्ने कर्मचारी हरुलाई ख6\न प्रेरित गरि आफु भन्दा माथिको औदामा रहेका कर्मचारीलाई प्रभावित पर्ने चाहना निम्त्याउँछ । सामुहिक भावना अन्य कर्मचारीहरूसँग अन्तरक्रिया गर्ने विषय सम्म मात्र सीमित छैन। यो ग्राहकहरु, साझेदारहरु, र विक्रेताहरु संग वार्तालाप गर्ने कार्य सम्म समेत फैलिएको छ । कार्य नैतिकता भएका व्यक्तिहरूसँग सामान्यतया उत्कृष्ट सामुहिक भावना हुने गर्दछ। यी कर्मचारीहरूले आफ्ना सहयोगीहरुलाई उनीहरूलाई उनीहरूको काम लाभदायी छ भन्ने कुरा दर्शाउँछन\। प्रायः एक स्वस्थ कार्य नैतिकता भएका व्यक्तिहरूलाई उनीहरूले गरेका कम्पनी प्रतिको सहयोगको लागि पुरस्कृत गरिन्छ।

प्राय: समूहहरुमा एक प्रकारको कार्य शैली रहेको हुन्छ। केही कर्मचारीहरू कार्यस्थलमा आफूलाई जिम्मेवार वा व्यावसायिक रूपमा असफल हुने कामदार रहेका हुन्छन भने अन्य कामदार कैयौं दिन बिदा लिएर बस्ने गर्दछन र कार्य सम्पादन पनि सन्तोषजनक हुँदैन । सामुहिक भावना संस्थाको संस्कृतिमा आधारित रहेको हुन्छ । 

संयुक्त रूपमा प्रदर्शन गर्ने समूहहरु अधिक प्रभावकारी हुने गर्छन र कम्पनीलाई एक अर्का सँगको प्रतिस्पर्धामा अल्झिएका समूहहरु भन्दा अधिक लाभ पुर्याइरहेका हुन्छन् । समूहहरु संयुक्त रुपमा कार्य गरिरहँदा कार्यकुशलता तथा लाभदायितामा वृद्धि हुने गर्दछ । सहयोग तथा सहकार्य को भावनालाई प्रोत्साहन गर्ने गरिएको व्यवसायहरूमा कर्मचारीहरु अर्क अर्का संग सहकारी गरि चल्ने हुनाले   उच्च स्तरको सामुहिक भावनाको झल्को पाइन्छ । 
यद्यपि व्यवसायको क्रममा कुनै बखत कर्मचारीले सहयोगी, ग्राहक वा अन्य साझेदार लगायत विभिन्न व्यक्तिहरुसँग काम गर्नु पर्ने हुन्छ जुन कर्मचारीले बहन गर्नु पर्ने भूमिका अन्तर्गत पनि पर्दछ ।

गुनासो को मामला मा

यदि तपाईंलाई भर्ती प्रक्रिया देखि रोजगार अवधि सम्म कुनै गुनासो वा प्रतिक्रिया छ भने कृपया हामीलाई निम्न उल्लेखित फोन नम्बर वा इमेल मार्फत सम्पर्क गर्नुहोस्। तपाईले हामीलाई हाम्रो आधिकारिक फेसबुक पेजमा सन्देश पठाउन सक्नुहुन्छ। तपाईंले प्रदान गर्नुभएको जानकारी गोप्य राखिनेछ।

गुनासो बारे थप